बिहिबार, बैशाख ३१, २०८३
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी प्रतितोला ५ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ र चाँदी ५ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार गत मङ्गलबार सुन प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँ तथा चाँदी ५ हजार ६९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४ हजार ७०० अमेरिकी डलर र चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय