बिहिबार, बैशाख ३१, २०८३
वैदेशिक रोजगार ठगी मुद्दामा रेड नोटिस जारी व्यक्ति युएईबाट पक्राउ

काठमाडौँ । वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का ३६ वर्षीय सुवास लावती रहेका छन् । एनसीबी अबुधाबी (युएई) को समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाहीका लागि बिहीबार नेपाल फिर्ता ल्याइएको हो ।

उनीमाथि वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई सर्बिया पठाइदिने भन्दै पीडितहरूबाट विभिन्न मितिमा ११ लाख ६१ हजार रुपैयाँ बैंक खातामा जम्मा गराई ठगी गरेको आरोप छ ।

फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलासका लागि नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग अन्तर्गत इन्टरपोल शाखाको अनुरोधमा २०८२ साउन २६ गते इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थियो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा बुझाइएको नेपाल प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय