काभ्रे । नेपाल मोबाइल व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्ष पदमा काभ्रेका युवा व्यवसायी बिशाल ढकालले उम्मेदवारी दिएका छन्। जेठ १ र २ गते आयोजना भएको महासंघको महाधिवेशनमा उनले कोषाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
“युवा सोच, इमानदार नेतृत्व र व्यवसायीको सम्मान” भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएका ढकालले आफ्नो उम्मेदवारी केवल पद प्राप्तिका लागि नभई व्यवसायीको हितमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित भएको बताएका छन्।
उनले पारदर्शी नेतृत्व, स्पष्ट योजना र इमानदार प्रतिबद्धतासहित महासंघलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्। ढकालले महासंघको आय–व्यय पारदर्शी बनाउने, व्यवसायीको रकमलाई व्यवहारिक तथा दीर्घकालीन योजनामा लगानी गर्ने, मोबाइल व्यवसायीका लागि सुरक्षा कोष तथा आपतकालीन सहयोग कोष स्थापना गर्ने एजेन्डा अघि सारेका छन्।
त्यसैगरी चोरी तथा ठगी नियन्त्रणका लागि सम्बन्धित निकायसँग कानुनी समन्वय गर्ने, नयाँ तथा संघर्षरत व्यवसायीलाई तालिम, नेटवर्क र सहकार्यको अवसर उपलब्ध गराउने तथा महासंघमा सबै व्यवसायीको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।
ढकालले घुस, चलखेल र अपारदर्शिताविरुद्ध स्वच्छ नेतृत्वको अभ्यास गर्ने आफ्नो अठोट रहेको उल्लेख गरेका छन्। महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनुका साथै व्यवसायी हितका नयाँ नीति तथा कार्यक्रम तय हुने अपेक्षा गरिएको छ। हेडलाइन ?



















