शनिबार, जेठ ०२, २०८३
महालेखापरीक्षक प्रतिवेदनमा नेपाल वायुसेवा निगम को ठूलो ऋण दायित्व सार्वजनिक

काठमाडौँ । नेपाल वायुसेवा निगम ले जहाज खरिदका लागि लिएको ऋण तथा ब्याज दायित्व ५५ अर्ब रुपैयाँभन्दा माथि पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले उक्त विवरण देखाएको हो ।

ए–३२० र ए–३३० विमान खरिदका क्रममा निगमले सरकारको जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो ।

२०७० र २०७४ मा लिइएको उक्त ऋण हालसम्म तिर्न बाँकी रहेको देखिएको छ ।

प्रतिवेदनअनुसार सञ्चय कोषलाई ३१ अर्बभन्दा बढी र नागरिक लगानी कोषलाई २१ अर्बभन्दा बढी भुक्तानी गर्न बाँकी छ, जसले निगमको वित्तीय दायित्व अझै ठूलो रहेको देखाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय