आइतबार, जेठ ०३, २०८३
सर्लाहीमा इँट्टाको चाङले थिच्दा तीन जनाको मृत्यु

सर्लाही । सर्लाहीको हरिपुरमा इँट्टा निकाल्ने क्रममा इँट्टाको चाङले थिच्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँट्टा उद्योगमा शुक्रबार बेलुका दुर्घटना भएको हो।

दुर्घटनामा गोडैता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताइ मन्सुर, गोडैता नगरपालिका–९ का ३५ वर्षीय शम्भु राउत तथा भारतको लखिमपुरका ३५ वर्षीय अङ्गद कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका मलङ्गवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतोको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ भने ५२ वर्षीय सत्यनारायण महतोको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते दुवैको अवस्था सामान्य रहेको बताइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय