शनिबार, जेठ ०२, २०८३
चीनद्वारा ‘लिजियान’ रकेटमार्फत पाँच उपग्रह सफल प्रक्षेपण

काठमाडौं । चीनले ‘लिजियान’ वाहक रकेटमार्फत पाँचवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

उत्तरपश्चिम चीनस्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट शुक्रबार दिउँसो १२:३३ बजे (बेइजिङ समय) रकेट प्रक्षेपण गरिएको हो। रकेटले सबै उपग्रहलाई सफलतापूर्वक निर्धारित कक्षामा पुर्‍याएको जनाइएको छ।

यो प्रक्षेपण लिजियान रकेटको १३औँ उडान तथा लिजियान शृङ्खलाको १४औँ मिसन हो। हालसम्म यो शृङ्खलामार्फत १०० भन्दा बढी उपग्रह अन्तरिक्षमा पठाइसकिएको छ भने कक्षामा राखिएको सामग्रीको कुल तौल १८ टनभन्दा बढी पुगेको बताइएको छ।

ठोस इन्धनमा आधारित लिजियान रकेट छिटो प्रतिक्रिया क्षमतायुक्त मानिन्छ। कम्पनीका अनुसार यसको डिजाइन विभिन्न प्रकारका उपग्रह मिसनसँग अनुकूल हुने गरी तयार गरिएको छ।

यस मिसनअन्तर्गत पठाइएको ‘तियानयान–२७’ उपग्रहमा अन्तरिक्ष प्रदर्शन स्क्रिन, निगरानी क्यामेरा, इन्फ्रारेड क्यामेरा तथा स्मार्ट डाटा प्रशोधन प्रणाली जडान गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय