शनिबार, जेठ ०२, २०८३
कैलालीमा रूखमा अड्किएका वृद्धको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

काठमाडौं । सशस्त्र प्रहरीले कैलालीको गोदावरी नगरपालिका–११ ओलानीमा रूखमा अड्किएका एक वृद्धको सकुशल उद्धार गरेको छ ।

स्थानीय ७३ वर्षीय लालबहादुर सुनार घर नजिकैको रूखमा स्याउला काट्न चढेका बेला तल झर्न नसकी रूखमै अड्किएका थिए ।

घटनाको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी नं. ७ वैद्यनाथ वाहिनीबाट खटिएको तालिमप्राप्त टोलीले उनलाई सुरक्षित रूपमा उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय