आइतबार, जेठ ०३, २०८३
एमालेले देशभर मनाउँदै मदन–आश्रित स्मृति दिवस

काठमाडौँ । नेकपा एमालेले तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै छ।

एमालेले मदननगर बल्खुमा स्मृति सभा तथा गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठी आयोजना गरेको छ। साथै, मदन–आश्रितको योगदानबारे चर्चा, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर तथा अस्पतालका बिरामीलाई फलफूल वितरणलगायत कार्यक्रम पनि सञ्चालन गरिएका छन्।

जननेता भण्डारी र नेता आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा निधन भएको थियो। एमालेले मदन भण्डारीलाई ‘जनताको बहुदलीय जनवाद’ का प्रणेता रूपमा स्मरण गर्दै आएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय