काठमाडौँ । सुनचाँदीको मूल्यमा आज उल्लेख्य गिरावट आएको छ । सुनको भाउ प्रतितोला रु चार हजार ५०० ले घट्दा चाँदी रु ३३० ले ओरालो लागेको हो ।
आज छापावाल सुन प्रतितोला रु दुई लाख ९४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ ले जनाएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला रु पाँच हजार ६० कायम भएको छ ।
गत शुक्रबारको तुलनामा आजको मूल्य उल्लेख्य रूपमा घटेको देखिएको छ । अन्तरराष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य घटेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव परेको व्यवसायीहरूको भनाइ छ ।



















