सोमबार, जेठ ०४, २०८३
एसियन गेम्स क्वालिफायर र प्रिमियर कपका लागि महिला क्रिकेट टोलीलाई क्यानको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कपका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

आज आयोजित कार्यक्रममा क्यानले प्रतियोगितामा सहभागी हुने टोलीलाई औपचारिक रूपमा बिदाइ गरेको हो । टोलीको कप्तानी इन्दु बर्माले गर्नेछिन् भने पूजा महतो उपकप्तान रहेकी छन् ।

टोलीमा सीता रानामगर, सोनी पाख्रिन, सीमा केसी, विन्दु रावल, सम्झना खड्का, रुबि पोद्दार, कविता कुँवर, कविता जोशी, रिया शर्मा, अनु कडायत, मनिषा उपाध्याय र रुबिना क्षेत्री समावेश छन् ।

त्यस्तै, वैकल्पिक खेलाडीका रूपमा सावित्री धामी, सोमु बिस्ट, सना परवीन र लक्ष्मी साउदलाई राखिएको क्यानले जनाएको छ ।

एसियन गेम्स महिला क्वालिफायर मे २३ देखि ३१ सम्म तथा एसीसी महिला प्रिमियर कप जुन १ देखि १३ सम्म सञ्चालन हुनेछ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय