मंगलबार, जेठ ०५, २०८३
सन्दीप लामिछानेद्वारा स्टार्कको कीर्तिमान तोड्दै १५० विकेट छिटो पूरा

काठमाडौँ । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाका तेज बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डविरुद्ध २ विकेट लिएसँगै सन्दीपले ७३ ओडीआई खेलमै १५० विकेट पूरा गर्दै यो उपलब्धि हासिल गरेका हुन् । यससँगै उनी सबैभन्दा छिटो १५० ओडीआई विकेट लिने बलर बनेका छन् ।

यसअघि उक्त कीर्तिमान मिचेल स्टार्कको नाममा थियो, जसले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए । सन्दीप यसअघि पनि ४२ खेलमै १०० विकेट पूरा गर्दै छिटो १०० विकेट लिने बलर बनेका थिए ।

सन् २०१८ मा नेदरल्याण्डसविरुद्ध ओडीआई डेब्यु गरेका २५ वर्षीय सन्दीपले हालसम्म ७३ ओडीआई खेलमा १५१ विकेट लिइसकेका छन् । उनले ब्याटिङमा ५०० रन पनि बनाएका छन् । साथै, ७४ टी–२० अन्तर्राष्ट्रिय खेलमा १३६ विकेट लिएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय