मंगलबार, जेठ ०५, २०८३
इरान तनाव चर्किँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च

काठमाडौँ । इरान–अमेरिका–इजरायलबीचको तनाव समाधान प्रयास अवरुद्ध भएसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को आणविक ऊर्जा केन्द्रमा भएको आक्रमण र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य विकल्पबारे छलफल गर्न सक्ने आशंका बढेपछि तेलको मूल्यमा वृद्धि देखिएको हो ।

पछिल्लो तथ्यांकअनुसार ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १.४४ डलरले बढेर ११०.७० डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) १.८४ डलरले बढेर १०७.२६ डलरमा पुगेको छ । दुवै मूल्य पछिल्लो केही सातायताकै उच्च स्तरमा पुगेका हुन् ।

स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाजमाथि भएका आक्रमण र नियन्त्रणका घटनाले आपूर्ति जोखिम बढाएको भन्दै बजारमा अस्थिरता देखिएको छ । यसैबीच, यूएई र साउदी अरबमा भएका ड्रोन आक्रमण तथा अमेरिका–इरानबीच बढ्दो तनावले द्वन्द्व अझ चर्किन सक्ने चिन्ता बढाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय