मंगलबार, जेठ ०५, २०८३
विवाहको उमेर १८ वर्ष बनाउनुपर्ने सांसद हिक्मत विष्टको माग

काठमाडौँ । कर्णाली प्रदेशका नेपाली कांग्रेस सांसद तथा कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले विवाह गर्ने कानुनी उमेर २० वर्षबाट घटाएर १८ वर्ष कायम गर्नुपर्ने बताएका छन् ।

मंगलबार वीरेन्द्रनगरमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा आयोजित ‘बाल विवाहले मानव अधिकार उपयोगमा पार्ने प्रभाव’ विषयक कार्यक्रममा बोल्दै उनले विवाहको उमेर पुनर्विचार गर्न आवश्यक रहेको धारणा राखेका हुन् ।

उनले वर्तमान व्यवस्था संशोधन गर्दै १८ वर्षलाई उपयुक्त उमेरका रूपमा लिनुपर्ने बताएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय