काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले शर्मालाई सर्वसम्मत रूपमा अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन्।
सुनुवाइका क्रममा शर्माले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सोही विषयमा समितिमा छलफल भएको थियो। यसअघि समितिले उनको कार्ययोजना तथा प्राप्त उजुरीहरूको अध्ययनका लागि बैठक बोलाएको थियो।
समितिमा शर्माविरुद्ध १६ वटा उजुरी परेको बताइएको छ।
संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने संवैधानिक व्यवस्था रहेको छ।



















