बुधबार, जेठ ०६, २०८३
स्पेनको अदालतद्वारा शाकिरालाई कर विवादमा ५ करोड ५० लाख युरो फिर्ता गर्न आदेश

काठमाडौँ । स्पेनको एक अदालतले प्रसिद्ध गायिका शाकिरासँग गलत रूपमा असुल गरिएको कर रकम फिर्ता गर्न त्यहाँको कर प्रशासनलाई आदेश दिएको छ।

राष्ट्रिय उच्च अदालतले कर विवादसम्बन्धी मुद्दामा कोलम्बियन गायिका शाकिरालाई कर ठगीको आरोपबाट सफाइ दिँदै कर प्रशासनलाई ५ करोड ५० लाख युरो ब्याजसहित फिर्ता गर्न आदेश दिएको हो।

अदालतका अनुसार, सन् २०११ मा शाकिराले स्पेनमा १८३ दिनभन्दा बढी समय बिताएको प्रमाण कर अधिकारीहरूले पुष्टि गर्न नसकेपछि उक्त निर्णय गरिएको हो। स्पेनको कानुनअनुसार व्यक्तिगत आयकर तिर्नका लागि कुनै व्यक्तिले कम्तीमा १८३ दिन देशमा बसेको हुनुपर्छ।

फैसलापछि प्रतिक्रिया दिँदै शाकिराले अदालतको निर्णयले सत्य बाहिर ल्याएको बताएकी छिन्। उनले विगत आठ वर्षदेखि आफू अनावश्यक कानुनी झमेलामा परेको र यसले आफ्नो स्वास्थ्य, मानसिक अवस्था तथा परिवारमा असर पारेको उल्लेख गरेकी छिन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय