शुक्रबार, जेठ ०८, २०८३
कोशी प्रदेश प्रमुख खापुङद्वारा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन ग्रहण

काठमाडौँ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुस्लिम आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन ग्रहण गरेका छन्।

आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष मोहमदिन अलीले उक्त प्रतिवेदन प्रदेश प्रमुख खापुङलाई हस्तान्तरण गरेका हुन्।

प्रतिवेदन ग्रहणपछि प्रदेश प्रमुख खापुङले प्रतिवेदन व्यवस्थित र वैज्ञानिक रहेको टिप्पणी गर्दै सीमित स्रोतसाधन र विभिन्न चुनौतीका बाबजुद आयोगलाई सक्रिय र प्रभावकारी बनाउने प्रयास प्रशंसनीय रहेको बताए।

उनले आयोगसँग सम्बन्धित समस्या केवल आयोगको मात्र नभई समग्र देशकै समस्या भएको उल्लेख गर्दै यस्ता विषय समाधान हुन सके मात्र देश समृद्ध बन्न सक्ने धारणा राखे। साथै राष्ट्रिय एकता र भौगोलिक अखण्डता सुदृढ बनाउन आयोगले उठाएका विषयमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष अलीले संविधान र कानुनको परिधिभित्र रहेर आयोगले काम गरिरहेको जानकारी दिए। उनले समुदायस्तरबाट आएका सुझाव र समस्यालाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए।

सिफारिस

ताजा समाचार

लोकप्रिय