काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले प्रदर्शनको दुई सातामा रु पाँच करोड २५ लाखको कारोबार गरेको छ ।
गत वैशाख २५ गतेदेखि देशभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले जेठ ७ गतेसम्म सो कमाइ गरेको निर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ ।
कम्पनीका प्रमुख म्याक्स दीपेश खत्रीका अनुसार १४ दिनमा घरेलु बजारमा प्राप्त उक्त आम्दानी उत्साहजनक रहेको छ । उनले तेस्रो सातामा थप शो संख्या बढेसँगै चलचित्रको कमाइ अझै बढ्ने अपेक्षा व्यक्त गरे ।
चलचित्रका निर्मातासमेत रहेका खत्रीले दर्शकको सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताए । अभिनेत्री खड्काले पनि दर्शकले चलचित्रको विषयवस्तु, निर्देशन र अभिनयलाई मन पराएको प्रतिक्रिया दिएकी छन् ।



















