आइतबार, जेठ १०, २०८३
एसईईमा उत्कृष्ट विद्यार्थीलाई रामप्रसादराई गाउँपालिकाद्वारा ल्यापटप वितरण

काठमाडौँ । भोजपुरको रामप्रसादराई गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ ।

विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्दै प्रविधिमैत्री शिक्षा र प्रतिस्पर्धात्मक वातावरण विकास गर्ने उद्देश्यले गाउँपालिकाले सम्मानस्वरूप ल्यापटप प्रदान गरेको जनाएको छ ।

साधारणधारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई ल्यापटप वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष थामबहादुर राईले विद्यार्थीमा मेहनत, अनुशासन र लगनशीलता विकास गर्न प्रोत्साहनस्वरूप ल्यापटप वितरण गरिएको बताए । उनले शिक्षाको गुणस्तर सुधार तथा प्रविधिमैत्री शिक्षण प्रणालीलाई प्राथमिकता दिँदै विभिन्न योजना सञ्चालन भइरहेको जानकारी दिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय