काठमाडौँ । फिल्म ‘गंगा रानी’को मुख्य भूमिकामा अभिनेत्री वर्षा सिवाकोटी रहने भएकी छन्।
निर्माण युनिटले मंगलबार सिवाकोटीसँग मुख्य भूमिकाका लागि औपचारिक सम्झौता गरेको हो। सम्झौतापछि निर्माण पक्षले फिल्मको एक पोस्टरसमेत सार्वजनिक गरेको छ, जसमा वर्षा सिवाकोटीलाई प्रस्तुत गरिएको छ।
आहा फिल्मस्को प्रस्तुति रहने उक्त फिल्मका निर्माता कमलप्रसाद शर्मा हुन् भने लेखन तथा निर्देशन राजबहादुर सानेले गर्नेछन्।
निर्माण युनिटले फिल्मका लागि थप कलाकारहरूको छनोट प्रक्रिया जारी रहेको जनाएको छ। फिल्ममा ४ महिला र ४ पुरुष कलाकार आवश्यक पर्ने बताइएको छ। पुरुष कलाकारका लागि २० देखि ४० वर्ष उमेर समूह र महिलाका लागि १८ देखि ३५ वर्ष उमेर समूहका कलाकारको खोजी भइरहेको निर्माण पक्षले जनाएको छ।



















