बिहिबार, आश्विन २२, २०८३
काँडाघारीमा गोली हानेर फरार अभियुक्त पक्राउ

काठमाडौँ । काठमाडौँको काँडाघारीमा बुधबार राति प्रहरीले गोली चलाएर चोरी तथा डाँका मुद्दाका फरार अभियुक्त आयन माझीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार चोरी तथा डाँका मुद्दामा फरार रहेका माझीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

प्रहरीको एक गोली लागेर घाइते भएका माझीलाई उपचारका लागि तत्काल राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको छ । हाल उनको सोही अस्पतालमा उपचार भइरहेको एसएसपी घिमिरेले जानकारी दिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय