शुक्रबार, जेठ १५, २०८३
२४० वर्षे राजतन्त्र अन्त्य भएको दिन : गणतन्त्र दिवस

काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा जेठ १५ विशेष दिनका रूपमा स्मरण गरिन्छ ।

यही दिन २०६५ सालमा पहिलो संविधानसभाले राजतन्त्रको अन्त्य गरी देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन सुरु गरेपछि राजनीतिक आन्दोलनले तीव्रता पाएको थियो । सात राजनीतिक दल र तत्कालीन माओवादीबीच भएको १२ बुँदे समझदारीले आन्दोलनलाई निर्णायक मोडमा पुर्‍यायो । त्यसपछि भएको जनआन्दोलनको दबाबमा संसद् पुनःस्थापना भयो र गणतन्त्रको आधार तयार भयो ।

संविधानसभा निर्वाचन, शान्ति प्रक्रिया र नयाँ संविधान निर्माणमार्फत नेपालले नयाँ राजनीतिक प्रणाली अंगीकार गर्‍यो । आज गणतन्त्र दिवसले जनआन्दोलन, लोकतन्त्र र नागरिक अधिकारको सम्झना गराउने दिनका रूपमा महत्व राख्छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय