काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीको तलब बढाउने निर्णय गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत कर्मचारीको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको घोषणा गर्नुभयो ।
उहाँका अनुसार अब कर्मचारीको न्यूनतम तलब ४० हजार रुपैयाँ हुने तथा अधिकतम तलब एक लाख रुपैयाँभन्दा माथि पुग्नेछ । भत्ता समेत जोड्दा कर्मचारीको आम्दानी करिब २१ प्रतिशतले बढ्ने बताइएको छ ।
कर्मचारीको जीवनयापन सहज बनाउन नयाँ तलबमान लागू गरिएको सरकारले जनाएको छ । यो व्यवस्था साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।



















