शुक्रबार, जेठ १५, २०८३
आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा पर्यटन क्षेत्रलाई प्राथमिकता, होटल व्यवसायी महासंघ(HPFN)द्वारा स्वागत

काठमाडौं । आज प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा सरकारले पर्यटन तथा आतिथ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ। बजेटमार्फत घोषणा गरिएका कार्यक्रमहरूले यस क्षेत्रको विकास, प्रवर्द्धन, लगानी विस्तार तथा व्यवसायमैत्री वातावरण निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

बजेटमा समेटिएका नीतिगत तथा व्यवहारिक पहलहरूले समग्र होटल तथा पर्यटन व्यवसायीहरूमा नयाँ उत्साह थपिएको होटल व्यवसायी महासंघ नेपालले जनाएको छ।

महासंघका अध्यक्ष टी. आर. भण्डारी (शंकर) सँग गरिएको संवादमा उनले पर्यटन तथा आतिथ्य क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नु सकारात्मक र दूरदर्शी कदम भएको बताए।

महासंघले बजेटले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै सरकारप्रति आभार प्रकट गरेको छ। साथै, आगामी दिनमा यस्ता नीतिगत तथा व्यवहारिक पहलहरूले नेपालको पर्यटन उद्योगलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय