सोमबार, आषाढ २२, २०८३
ब्राजिललाई स्तब्ध पार्दै नर्वे विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं । एर्लिङ हालान्डको दुई गोलमा पााच पटकको विश्व विजेता ब्राजिललाई २-१ ले पराजित गर्दे नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाउँदा ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको छ ।

ब्राजिल यसअघि सन् १९९० मा अन्तिम १६ बाटै बाहिरिएको थियो । नर्वेले ब्राजिललाई विश्वकपमा दोस्रो पटक पराजित गरेको हो । यसअघि पछिल्लो पटक १९९८ मा विश्वकप खेलेको नर्वेले ब्राजिललाई २-१ ले नै पराजित गरेको थियो ।

अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा हालान्डले दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए । उनले ७९औं मिनेटमा पहिलो गोल गरेका थिए । आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन् ।

हालान्डले ९०औं मिनेटमा गोल गर्दै नर्वेलाई २-० को अग्रता दिलाए । हालान्डले हेड गोल गर्दै अग्रता दोब्बर पारेका थिए । दोस्रो गोलका लागि पनि आन्द्रेस सेलड्रुपले नै असिस्ट गरे ।

ब्राजिलका लागि नेमनारले इन्जुरी टाइमको नवौँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।

त्यसअघि ब्राजिलले पहिलो हाफमा पनि पेनाल्टी पाउाौा गोल गर्न चुकेको थियो । पेनाल्टी गुमाउँदा अग्रता लिने अवसर गुमाएको थियो । ब्राजिलका ब्रुनो गुमाइरेजले पहिलो हाफको सुरुमै पाएको पेनाल्टी मिस गरेका थिए ।

खेलको १४औं मिनेटमा ब्रुनोको पेनाल्टी प्रहार नर्वेका गोलकिपर ओर्यान नाएल्यन्डले बचाए ।

न्वेका क्रिस्टोफर अयरले विपक्षी खेलाडीमाथि पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले भिएआरको सहयोगमा ब्राजिललाई पेनाल्टी दिएका थिए । तर ब्रुनो गुमाइरेजको प्रहारलाई नाएल्यान्डले बचाए ।

पछिल्लो ४० वर्षमा विश्वकपमा पेनाल्टीमा गोल गर्न असफल हुने ब्रुनो ब्राजिलको पहिलो खेलाडी समेत बने । यसअघि सन् १९८६ मा ब्राजिलका जिकोले फ्रान्स विरुद्ध पेनाल्टी मिस गरेका थिए ।

नर्वेल ब्राजिलसँग अहिलेसम्म खेलेको चार खेलमा अपराजित छ भने सन् १९९८ मा भएको विश्वकपको एक मात्र भेटमा नर्वेले ब्राजिललाई २-१ ले पराजित गरेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय