काठमाडौं । लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि आफ्नो बिदाइ खेलमा गोल गरेका छन् र अर्जेन्टिना विजयी भएको छ ।
बुधबार बिहान अर्जेन्टिनाको घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बेनिनलाई ३-० ले हराउँदा कप्तान मेसीले एक गोल गरे । निकोलस ओटामेन्डी र निको पाजले १-१ गोल गरे ।
खेलको ४८औं मिनेटमा निकोलस ओटामेन्डीले गोल गर्दै अग्रता दिलाएका थिए । ६१औं मिनेटमा निको पाजले गोल थपे । कप्तान मेसीले ७१औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै ३-० को जित पक्का गरे ।
मेसीले गत महिना अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।











