सोमबार, मंसिर ०७, २०८३
सरकारको आग्रह : मोबाइलमा हाइ–अलर्टको सूचना आउन सक्छ, नआत्तिनुहोला

काठमाडौं । सरकारले सोमबार काठमाडौं उपत्यकाका मोबाइल प्रयोगकर्तामाझ ‘सेल ब्रोडकास्ट प्रणाली’को परीक्षण गर्ने भएको छ।

परीक्षणका क्रममा केही मोबाइलमा साइरनसहित आपतकालीन सतर्कता सन्देश आउन सक्ने भन्दै सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले नआत्तिन आग्रह गरेका छन्। मन्त्रालयद्वारा जारी संयुक्त सूचनामा परीक्षण सन्देश प्राप्त भएमा कुनै कदम चाल्नुपर्ने नरहेको स्पष्ट पारिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेका अनुसार बलम्बुस्थित नेपाल टेलिकमको अर्थ स्टेसनबाट प्रणालीको परीक्षण भइरहेको छ। परीक्षणका क्रममा सीमित मोबाइल प्रयोगकर्ताले मात्र सन्देश प्राप्त गर्न सक्नेछन्।

भूकम्प, बाढी, पहिरो तथा अन्य विपद्का बेला जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई तत्काल सूचना पुर्‍याउने उद्देश्यले यो प्रणाली विकास गरिएको हो। सेल ब्रोडकास्ट प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइलमा आवाज, भाइब्रेसन र स्क्रिनमा चेतावनी सन्देशसहित सूचना पठाउन सकिन्छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय