काठमाडौं । गोलको वर्षा, पेनाल्टी, भिएआर, रातो कार्ड र सबै खाले रोमाञ्चकता भएको खेलमा दश खेलाडीमा समेटिएको इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३-२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ । राउण्ड अफ ३२ सम्म कुनै गोल नखाई शतप्रतिशत जित निकालेको घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ । अर्को आयोजक टोली क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिसकेको छ ।
मेक्सिको अज्टेका स्टेडियममा सोमबार विहान सम्पन्न खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ तथा कप्तान ह्यारी केनले १ गोल गरे । मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले १-१ गोल गरे ।















