काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गतको खेलमा पोर्चुगल र स्पेन प्रतिष्पर्धा गरिरहेका छन् ।
अमेरिकाको डलास स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हाे ।
पहिलो हाफको खेलमा बल पोजिसनमा स्पेन अगाडि देखिएको छ । बल ५५ प्रतिशत स्पेनको नियन्त्रणमा हुँदा ४५ प्रतिशत पोर्चुगलसँग रह्यो । स्पेनले ८ वटा सर्ट प्रहार गर्दा पोर्चुगलले ५ सर्ट प्रहार गर्यो ।















