बुधबार, आषाढ ३१, २०८३
पहिलो हाफमा स्पेन एक गोलले अघि

काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा पहिलो हाफमा स्पेन फ्रान्सविरुद्ध एक गोलले अघि छ ।

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा स्पेनले एक गोलको अग्रता लिएको हो ।

२२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले अग्रता लिएको थियो । २०औं मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टी पाएको थियो । मिकेल ओयार्जाबलले पेनाल्टीलाई सदुपयोग गर्दे गोल गरेका हुन् ।

पहिलो हाफमा फ्रान्सको तुलनामा स्पेन बलियो देखिएको छ । बल पोजिसनमा स्पेनको नियन्त्रण बढी छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय