काठमाडौं । लोकदोहोरी गायिका सुशीला गौतम र गायक खेम सेन्चुरीको संयुक्त स्वरमा रहेको नयाँ गीत ‘मोरे सैया’ सार्वजनिक भएको छ। प्रेमभावसँगै नेपाली मौलिक संस्कृति र पहिरनलाई समेटिएको गीतको भिडियोले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ।
नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको संगीत तथा हुकलाइन रहेको गीतमा कुमार विश्वकर्माको रेकर्डिङ र एचबीएन किस्मतको संगीत संयोजन छ।
सुनिल बीकेको निर्देशनमा बनेको भिडियोमा गरिमा शर्मा र खेम सेन्चुरी मुख्य भूमिकामा छन्। सौराहाको प्राकृतिक तथा पर्यटकीय परिवेशमा छायांकन गरिएको भिडियोमा नेपाली मौलिक पहिरनलाई समेत आकर्षक ढंगले प्रस्तुत गरिएको छ।
अनिल के. मानन्धरको छायांकन र प्रविन भट्टको सम्पादन रहेको गीत गल्बन्दी प्रोडक्सनको प्रस्तुतिमा सुशीला गौतमको युट्युब च्यानलसहित विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको हो ।
हेर्नुस भिडियो :











