काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोसीमा आएको भीषण बाढीबारे प्रतिनिधिसभामा प्रारम्भिक विवरण प्रस्तुत गरेका छन्।
उनका अनुसार बुधबार बिहान करिब ८ः४० बजे भोटेकोसीमा ठूलो बाढी आएको हो। प्रारम्भिक सूचनाअनुसार त्यसअघि तिब्बती क्षेत्रमा ८ः३७ बजे भूकम्प गएको थियो।
भूकम्पपछि हिमपहिरो खसेका कारण बाढी आएको हुनसक्ने सूचना प्राप्त भएको मन्त्री खनालले बताए। घटनाको कारणबारे थप भेरिफाइ गर्न आवश्यक रहेको उनको भनाइ छ। बाढीबाट रसुवाका टिमुरे, स्याफ्रुबेसी तथा नुवाकोटका त्रिशूली, बेत्रावती र बट्टार क्षेत्रमा क्षति पुगेको छ।











