काभ्रे । बीपी राजमार्ग हुँदै सञ्चालन हुने भाडाका सवारीसाधन चेकजाँचका क्रममा प्रहरीले बिलबिजकविनाका करिब ५ लाख ८३ हजार २५० रुपैयाँ मूल्य बराबरका विभिन्न सामान बरामद गरेको छ।
अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट प्रहरी सहायक निरीक्षक (असई) रामेश्वर पाण्डेको कमाण्डमा खटिएको टोलीले भाडाका बसहरू चेकजाँच गर्ने क्रममा ती सामान फेला पारेको हो।
प्रहरीका अनुसार बरामद सामानमा Mamaearth लेखिएको Moisturizer १८० थान, चप्पल १५० जोर, BELLAVITA Perfume ८० थान, जुत्ता १९ जोर र कुर्ता–सुरुवाल २०० थान रहेका छन्।
बरामद सामान आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।











