काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जेनजीहरूलाई सम्बोधन गर्दै सुशासन कायम हुने बताएका छन् ।
गत वर्ष २३ भदौ (सेप्टेम्बर ८) मा भएको जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ । यही दिनलाई सरकारले ‘जेनजी शहीद दिवस’ घोषणा गरेको थियो । भने आज देशभरि सार्वजनिक बिदा दिएको छ ।
यसैबीच प्रधानमन्त्री शाहले जेनजीहरूलाई सम्बोधन गर्दै लेखेका छन्, ‘प्रिय जेनजी सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।’











