बिहिबार, भाद्र २५, २०८३
गृहसचिव शर्माको प्रहरी प्रधान कार्यालय निरीक्षण, दक्षता र इमानदारीमा जोड

काठमाडौँ । गृहसचिव केदारनाथ शर्माले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै प्रहरी कर्मचारीलाई थप सजग, सचेत र इमानदार भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।

भ्रमणका क्रममा उनले अमर प्रहरी स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र, डिजिटल फरेन्सिक ल्याब र डाटा सेन्टरको निरीक्षण गरेका थिए।

कठिन परिस्थितिमा अग्रपंक्तिमा खटिएर नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै गृहसचिव शर्माले सीमित स्रोतसाधनका बाबजुद अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षामा प्रहरीले उल्लेखनीय काम गरेको बताए।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गृहसचिवबाट प्राप्त निर्देशनअनुसार प्रहरीले आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गरिरहेको बताए।

सिफारिस

ताजा समाचार

लोकप्रिय