शुक्रबार, आश्विन ०२, २०८३
काभ्रेमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुग्यो

काभ्रे । काभ्रेमा साउन १ गतेदेखि असोज १ गतेसम्म ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार बनेपा र पाँचखालमा १३–१३ जना तथा पछिल्लो २४ घण्टामा पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुरमा एक–एक जनामा सङ्क्रमण देखिएको छ।

धुलिखेल, पनौतीलगायत जिल्लाका अन्य स्थानीय तहमा हालसम्म डेङ्गु सङ्क्रमण नदेखिएको कार्यालयले जनाएको छ। कार्यालयले लामखुट्टेको टोकाइबाट बच्न, पानी जम्न नदिन तथा लक्षण देखिएमा स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय