सोमबार, कार्तिक १६, २०८३
काठमाडौँलाई पहिलो जितको चुनौती, सुदूरपश्चिमलाई चितवनसँग जित्नैपर्ने दबाब

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्सबीच पहिलो खेल हुनेछ।

पहिलो खेलमा पराजित काठमाडौँ दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा फर्कने प्रयासमा हुनेछ। दुई खेल जितेर चार अङ्क बनाएको कर्णाली भने तेस्रो जित निकाल्ने लक्ष्यमा छ।

दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन्। तीन खेलमा दुई हार बेहोरेको सुदूरपश्चिममाथि जित निकाल्नुपर्ने दबाब छ भने चितवन आफ्नो अपराजित लयलाई निरन्तरता दिन चाहन्छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय