काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा डा. सन्तोष उपाध्यायले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार राष्ट्रियसभा गृहमा चलिरहेको उम्मेदवारी दर्ताका क्रममा नेता उपाध्यायले खुलातर्फको महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका हुन् ।
यो क्लस्टरमा उपाध्यायबाहेक उदयशमशेर राणा, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिलकुमार शर्मा, प्रदीप पौडेल, अमरसिंह पुन र गुरुराज घिमिरेले पनि उम्मेदवारी दर्ता गरेका छन् ।











