मंगलबार, आश्विन २०, २०८३
सामुदायिक साकोसको ३२ औँ वार्षिक साधारणसभा सम्बन्धि सूचना

काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती–४ काभ्रेपलाञ्चोकले ३२औँ वार्षिक साधारण सभा गर्ने भएको छ।

संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार विभिन्न सेवा केन्द्रअन्तर्गत साधारण सभा २०८३ कात्तिक २० गते शुक्रबार र २१ गते शनिबार आयोजना हुनेछ। कुशादेवी, बनेपा, दुवाकोट, भकुण्डे, पनौती, पाँचखाल र काठमाडौंमा छुट्टाछुट्टै सभा हुने संस्थाले जनाएको छ।

साधारण सभा बिहान ९ः३० बजेदेखि बेलुकी ४ बजेसम्म सञ्चालन हुनेछ। संस्थाले सम्पूर्ण शेयर सदस्यहरूलाई सम्बन्धित सेवा केन्द्रमा उपस्थित भई साधारण सभामा सहभागी हुन अनुरोध गरेको छ।

साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै संस्थाको आगामी कार्यदिशाबारे छलफल हुने जनाइएको छ।

हेर्नुस् सूचना :- 

सिफारिस

ताजा समाचार

लोकप्रिय