मंगलबार, आश्विन २०, २०८३
विश्वप्रकाश शर्माको वरिष्ठ उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

अहिले धमाधम कांग्रेस महाधिवेशनको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भइरहेको छ । यसैबीच शर्माले वारेसमार्फत वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

पुष्पराज पौडेलले वारेसमार्फत शर्माको उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको विधानमा पहिलोपटक वरिष्ठ उपसभापतिको व्यवस्था गरिएको हो ।

गत विशेष महाधिवेशनबाट शर्मा उपसभापति निर्वाचित भएका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय