काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा उदयशमशेर राणाले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मंगलबार उनले राष्ट्रियसभा गृह पुगेर खुलातर्फको महामन्त्री पदमा उम्मेदवारी दिएका हुन् ।
राणा यसअघि विशेष महाधिवेशनबाट सहमहामन्त्री चयन भएका थिए ।
महामन्त्री पदमा उम्मेदवारी दर्तापछि उनले लामो राजनीतिक यात्राबाट आर्जितअनुभवलाई पार्टीको वैचारिक स्पष्टता, लोकतान्त्रिक संस्कार र संगठनको सुदृढीकरणमा समर्पित गर्ने संकल्प लिएको बताएका छन् ।
‘यो संकल्प पूरा गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूको अमूल्य मत र साथको अपेक्षा गर्दछु,’ राणाले फेसबुकमा लेखेका छन् ।











