बिहिबार, आश्विन २२, २०८३
कांग्रेस महाधिवेशनमा पत्रकारबाट ३ उम्मेदवार, खुलामा समीरजंग र शिवप्रसाद, महिलातर्फ बाला अधिकारी

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सदस्य बन्नका लागि ३ पत्रकारले उम्मेदवारी दिएका छन् । निर्वाचनका लागि उम्मेदवारहरूको प्रथम नामावलीमा पहिलो पटक समावेश गरिएको पेसागत विषयगत क्लस्टरअन्तर्गत केन्द्रीय सदस्यमा ३ पत्रकारले उम्मेदवारी दिएका हुन् ।

निर्वाचन समितिको सूचीअनुसार, पेसागत विषयगततर्फ खुला र महिला कलस्टरबाट गरी ३ पत्रकारले उम्मेदवारी दिएका हुन् । यो कलस्टरबाट खुलामा ५ जना निर्वाचित हुनेमा २ पत्रकार र २ महिला निर्वाचित हुनेमा १ पत्रकार प्रतिस्पर्धी छन् ।

खुलामा प्रेस युनियनका पूर्व अध्यक्ष तथा नेपाल टेलिभिजनका पूर्वअध्यक्ष समीरजंग शाह र प्रेस युनियनका बहालवाला अध्यक्ष शिवप्रसाद लम्सालले उम्मेदवारी दिएका छन् । खुलाका लागि ५ जनाभित्र पर्न ४० जनाको उम्मेदवारी परेको छ । महिलातर्फ २ जनाका लागि ४ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये एक जना पत्रकार छिन् । नेपाल पत्रकार महासंघकी पूर्व कार्यवाहक अध्यक्ष बाला अधिकारीले उम्मेदवारी दिएकी हुन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय