बिहिबार, आश्विन २२, २०८३
संविधान जोगाउन युवा आन्दोलन र जेल जान तयार हुनुपर्छ : महेन्द्र यादव

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले संविधान र लोकतान्त्रिक व्यवस्था जोगाउन युवाहरू एकजुट हुनुपर्ने बताएका छन्।

तरुण दलको कार्यक्रममा बोल्दै यादवले वर्तमान राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको भन्दै आवश्यकता परे आन्दोलन र जेल जानसमेत तयार रहन युवाहरूलाई आग्रह गरे।

‘प्रजातन्त्र र संविधान जोगाउन भोलि आन्दोलन गर्न र जेल जानुपर्ने हुनसक्छ, त्यसका लागि तयार हुनुस्,’ उनले भने।

पार्टी, संविधान र व्यवस्थाको रक्षाका लागि कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिँदै यादवले तरुण दललाई सजग र एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। उनले महाधिवेशनमा मधेसी क्लस्टरतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएको भन्दै सहयोगका लागि आग्रहसमेत गरे।

सिफारिस

ताजा समाचार

लोकप्रिय