मंगलबार, मंसिर ०८, २०८३
धुलिखेल–१२, शंखुबाट १६ जना जुवाडे पक्राउ

काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका–१२, शंखुपाटीबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार शंखुपाटीस्थित प्रदीप श्रेष्ठको मान्छे नबस्ने खाली घरमा जुवातास (कौडा) खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

प्रहरीले उक्त घरबाट १ लाख ५१ हजार ५४५ रुपैयाँ नगद, १६ थान कौडा र १ बुक तास बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा १६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बलराम थापा, श्रीकृष्ण थापा, सुरज कुमार तामाङ, सुमन श्रेष्ठ, दिर्घबहादुर तामाङ, पूर्णबहादुर तामाङ, रामकृष्ण श्रेष्ठ, सुमन श्रेष्ठ, गणेश तामाङ, साजन श्रेष्ठ, भीम श्रेष्ठ, कुमार थापा, मिनबहादुर भुजेल, कुमार तामाङ, राजेश लामा र धनबहादुर तामाङ रहेका छन्।

पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय