काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री बालेन शाह स्वदेश प्रस्थान गरेका छन्। उनी केहीबेरअघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका लागि प्रस्थान गरेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे तथा नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले विमानस्थलमा बिदाइ गरेका थिए।
प्रधानमन्त्री शाह हिजो भारत भ्रमणमा गएका थिए। भ्रमणका क्रममा विभिन्न भेटघाट, सम्झौता तथा सहमतिसम्बन्धी कार्यक्रम सकेर उनी आज स्वदेश फर्किन लागेका हुन्।



