काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वको आलोचना गरे कारबाही गर्ने चेतावनीप्रति आपत्ति जनाउँदै ‘मकैको खेती’को विम्ब प्रयोग गरेका छन्।
बुधबार सामाजिक सञ्जालमा उनले सत्ता र शक्तिमा रहेकाहरूले आफैं कानुन उल्लङ्घन गर्ने तर अरूलाई कानुन पालना गर्न उर्दी जारी गरेपछि ‘कृष्णलाल अधिकारीहरू जन्मने’ बताएका छन्।
उनले प्रश्न गरेका छन्, ‘त्यसपछि के हुन्छ ?’
भट्टराईको यो अभिव्यक्ति एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘अपानी–३’ मार्फत पार्टी नेतृत्वमाथि प्रश्न वा आलोचना गरे कारबाही गर्ने चेतावनी दिएको सन्दर्भमा आएको हो। कृष्णलाल अधिकारीको ‘मकैको खेती’ पुस्तक राणा शासनविरुद्धको राजनीतिक चेतनासँग जोडेर हेर्ने गरिन्छ।











