काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।











