काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन फिर्ता, सच्याउने तथा दाबी विरोधका लागि तोकिएको समय अवधि २ घण्टा बढाइएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रेस विज्ञप्ति जारी गर्दै यसअघि बिहान १० बजेदेखि १२ बजेसम्मका लागि तोकिएको समयलाई विस्तार गरी आजै दिउँसो २:०० बजेसम्म पुर्याइएको जानकारी दिएको छ।
प्रकाशित नामावलीमा उम्मेदवारी मनोनयन फिर्ता लिन, नामावली सच्याउन निवेदन दिन वा नाम छुट्न गएको भए सोको दाबी गर्नका लागि दिउँसो २:०० बजेभित्र सम्पर्क गर्न सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई सूचित गरिएको छ।












