बिहिबार, आश्विन २२, २०८३
नयाँ पुस्ताको जोस र पुरानो पुस्ताको अनुभव मिलाएर कांग्रेस अघि बढाउनुपर्छ : पाण्डे

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले नयाँ पुस्ताको जोस-जाँगर र पुरानो पुस्ताको अनुभवलाई संयोजन गरेर कांग्रेसलाई थप सशक्त र गतिशील बनाउनुपर्ने बताएका छन्।

नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले पार्टीभित्रका सबै पक्षलाई समेटेर एकताबद्ध ढंगले अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताए।

कांग्रेसको अधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका पाण्डेले भने, ‘नयाँ पुस्ताको जोस-जाँगर र पुराना साथीहरूको अनुभवलाई संयोजन गरेर नेपाली कांग्रेसलाई फेरि सशक्त, गतिशील र आगामी चुनौती सामना गर्न सक्ने पार्टी निर्माण गर्नुपर्ने अवस्था छ।’

लामो समयदेखि पार्टी तथा भ्रातृ संगठनमा सक्रिय रहँदै आएको उल्लेख गर्दै पाण्डेले आफ्ना एजेन्डा र उम्मेदवारीलाई सहयोग गर्न सबैसँग आग्रह गरे।

सिफारिस

ताजा समाचार

लोकप्रिय