काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले सभापति पदमा आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन्। खड्गीले आफ्नो उम्मेदवारी कायमै रहेको बताएका हुन्।
कांग्रेस सभापति पदमा खड्गी र गगनकुमार थापाको उम्मेदवारी छ। सभापतिमै उम्मेदवारी दिएका अर्का उम्मेदवार किशोरसिंह राठौरले भने फिर्ता लिइसकेका छन्।
खड्गीले पनि उम्मेदवारी फिर्ताको सहमति गरेको भन्दै चर्चा भएको थियो। यसै विषयमा सोध्दा उनले भने, ‘मलाई वार्तामा बसौं भनेर प्रस्ताव आएको हो। तर मैले मानिनँ। मेरो उम्मेदवारी कायमै छ, कायमै रहन्छ।’
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुँदैछ।











