सोमबार, आश्विन २६, २०८३
निर्वाचनमा कसैको हार–जित हुँदैन, सबैलाई समेटेर अघि बढ्छौँ : उदयशम्शेर राणा

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट महामन्त्री पदमा विजयी उदयशम्शेर राणाले अब पार्टीलाई एकताबद्ध बनाएर आगामी स्थानीय निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्।

महाधिवेशन सफल बनाउन सहयोग गर्ने महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य, शुभचिन्तक तथा सञ्चारकर्मीलाई धन्यवाद दिँदै राणाले महाधिवेशन निर्वाचनमा नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई नयाँ नीति तथा कार्यक्रम तय गरेर पार्टीलाई अघि बढाउने अवसरसमेत भएको बताए।

उनले महाधिवेशनको प्रतिस्पर्धालाई आन्तरिक तथा मैत्रीपूर्ण प्रतिस्पर्धाका रूपमा लिनुपर्ने उल्लेख गर्दै निर्वाचित हुने साथीहरूले बढी जिम्मेवारी पाएको भए पनि यसलाई कसैको जित र कसैको हारका रूपमा बुझ्न नहुने बताए।

निर्वाचनमा कम मत ल्याएका नेताहरूलाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनको भनाइ थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय